जेन-जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत | भदौ २९, २०८२

जेन-जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत:  पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई वडा कार्यालयमै गएर नियन्त्रणमा लिएको हो।


तिवारीमाथि जेन–जी आन्दोलनलाई उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत प्रसारित गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टका अनुसार तिवारीविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।


उनले सामाजिक सञ्जालमा डिएसपीकै नाम तोकेर आलोचना गरेका थिए। आफ्नो स्टाटसमा उनले “फलेवासका बालुवा तस्कर र तिनका संरक्षकलाई कारबाही नगर्ने प्रहरी अधिकारीलाई समेत जेनजीले कारबाही गर्लान् भन्ने आशा गरेको छु” भन्ने उल्लेख गरेका थिए।


तिवारी नेपाली कांग्रेस पर्वतका प्रवक्ता समेत हुन्। प्रहरीका अनुसार उनको स्टाटसमा प्रयोग गरिएका अभिव्यक्ति घृणा फैलाउने खालका भएकाले कारबाही अघि बढाइएको हो।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्