जेन-जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ
पर्वत | भदौ २९, २०८२
पर्वत: पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई वडा कार्यालयमै गएर नियन्त्रणमा लिएको हो।
तिवारीमाथि जेन–जी आन्दोलनलाई उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत प्रसारित गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टका अनुसार तिवारीविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
उनले सामाजिक सञ्जालमा डिएसपीकै नाम तोकेर आलोचना गरेका थिए। आफ्नो स्टाटसमा उनले “फलेवासका बालुवा तस्कर र तिनका संरक्षकलाई कारबाही नगर्ने प्रहरी अधिकारीलाई समेत जेनजीले कारबाही गर्लान् भन्ने आशा गरेको छु” भन्ने उल्लेख गरेका थिए।
तिवारी नेपाली कांग्रेस पर्वतका प्रवक्ता समेत हुन्। प्रहरीका अनुसार उनको स्टाटसमा प्रयोग गरिएका अभिव्यक्ति घृणा फैलाउने खालका भएकाले कारबाही अघि बढाइएको हो।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...
पोखरा: पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

